माछापुच्छ्रे बैंकका सहायक महाप्रबन्धकमा कार्यरत सर्जु कुमार थापा र विश्वम्भर न्यौपाने नायव महाप्रबन्धक पदमा बढुवा भएका छन्।
बैंकिङ क्षेत्रमा लामो अनुभव बटुलेका थापा र न्यौपानेलाई क्रमशः बैंकको समग्र बिजनेस र अपरेसन हेर्नेगरी जिम्मेवारी दिइएको छ।
बैंकिङ क्षेत्रमा २० बर्षको अनुभव भएका सर्जु कुमार थापाले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन्।
सन् २ हजारबाट बैंकिङ्ग करियर सुरु गरेका थापासंग बैंक अफ काठमाण्डौँ तथा सानिमा बैंकमा काम गरेको अनुभव छ।
उनी कर्जा व्यवस्थापन, ट्रेड फाइनान्स, जोखिम व्यवस्थापन लगायतका विषयमा पोख्त बैंकरमा पर्छन्।
विगत ६ वर्षदेखि माछापुच्छ्रे बैंकमा आवद्ध थापालाई बैंकिङ क्षेत्रमा बैंकिङ्ग बिजनेसका साथ हाइड्रोपावर फाइनान्सिङको विज्ञ मानिन्छ।
त्यस्तै, त्रिभुवन विश्वविद्यालयबाट बिएससी र काठमाण्डौ विश्वविद्यालयबाट एमबीए गरेका विश्वम्भर न्यौपानेसंग बैंकिङ्ग क्षेत्रमा २२ बर्षको अनुभव रहेको छ।
जोखिम व्यवस्थापनमा अब्बल न्यौपानेले समग्र बैंकिङ सञ्चालनमा राम्रो दख्खल छर साथै, सेल्स र मार्केटिङ्गमा समेत लामो अनुभव भएका न्यौपाने सन् २००४ देखि माछापुच्छ्रे बैंकमा कार्यरत छन्।
उनीसंग एभरेष्ट बैंक तथा एनआइसी बैंकमा विभिन्न भुमिकामा काम गरेको अनुभव छ।