Setopati साहित्यपाटी
Subscribe Setopati
सोमबार, मंसिर १५, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

हाम्रो जीवन बाँकी छँदै

एदुआर्द आसादोभ (भावानुवाद: जुगल भुर्तेल)

एदुआर्द आसादोभ (भावानुवाद: जुगल भुर्तेल)

जुगल भुर्तेल
जुगल भुर्तेल

रूसी कविताको नेपालीकरण गर्ने क्रममा यो दोस्रो भावानुवाद लिएर आएको छु।

यो रचना रुसका लोकप्रिय कवि एदुआर्द आसादोभद्वारा लिखित 'पाका म्वी झिवी' शीर्षकको कवितामा आधारित छ।

यो सुन्दर कविताले जिन्दगीको भागदौडमा छुटेका, उपेक्षित भएका वा यदाकदा अपमानित भएका मानवीय सम्बन्धहरूबारे हामीलाई सचेत गराउने प्रयास गरेको छ:

 

हाम्रो जीवन बाँकी छँदै

सकिन्छ प्रायश्चित गर्न

महशुस गर्न, याचना गर्न

विगतका गल्ती सुधार्न

नगर्न उपेक्षा प्रियजनलाई,

रुखो स्वभावले नतर्साउन

छुटेको पुरानो साथीलाई

सकिन्छ फेरि फर्काउन

हाम्रो जीवन बाँकी छँदै

फर्केर पछाडि हेर्न सकिन्छ

भट्किएर छुटेको बाटोलाई

टाढैबाट देख्न सकिन्छ

दु:स्वप्नबाट ब्युँझिएर

आफैंलाई भेट्न सकिन्छ

रसातलको डिलमै पुगेको

पैतालालाई रोक्न सकिन्छ

 

कसैको जीवन बाँकी छँदै

सकेनौं मनको दुराग्रह मेट्न

ती यतै कतै छेउछाउमा हुँदै

भ्याएनौं क्षमाको आग्रह गर्न

 

अनि..

जब कोही हिँडिदिन्छ टाढा

सुन्छौं ‘नफर्किने गरी गयो’

झस्किँदै अनि पुकारा गर्छौं

‘हरे…....यो सब के भयो’

देखिन्छ एल्बमका फोटोमा

थकित आँखा, न्यानो हेराई

जानेले त सायद बिर्सेर गए

हाम्रो उपेक्षा र अपमानलाई

 

कति कुरा कसरी भनिए

जुन नभनेको भए हुन्थ्यो

त्यस्तो भाषा, त्यस्तो भाखा

त्यसरी नबोलेको भए हुन्थ्यो

 

नगरेको फोन, नभेटेका पल

अभिनयजस्तो सम्बन्धको छल

निरर्थक छ अब पछुतो नदिएको मायाको

फोटोले बोल्दैन, त्यो त केवल छाया हो

 

तर....तर

सकिन्छ सबै सच्याउन

जीवन हाम्रो बाँकी छँदै

बाल्यकालका साथीभाइ

इष्टमित्र जीवित हुँदै

नत्र,

हाम्रो रुखो व्यवहारलाई

जानेले सायद माफ गर्छ

तर लज्जित भएर आफैंसँग

प्रतिक्षण मर्नुपर्छ

आफ्नै नजरबाट गिर्नुपर्छ

 

हाम्रो जीवन बाँकी छँदै

तर.. सकिन्छ सबै सच्याउन !!!

यो पनि :

छोरी र बाबा

प्रकाशित मिति: सोमबार, मंसिर ९, २०७६  ०६:५९
सिफारिस
बालेनकै सहमतिमा कुलमानले सार्वजनिक गरेका थिए दुई जनाको फोटो
बालेनकै सहमतिमा कुलमानले सार्वजनिक गरेका थिए दुई जनाको फोटो
रास्वपासँग मिल्न नगएका विवेकशीलका पूर्वअध्यक्ष मिलन पाण्डे भन्छन्– गेम इज नट ओभर!
रास्वपासँग मिल्न नगएका विवेकशीलका पूर्वअध्यक्ष मिलन पाण्डे भन्छन्– गेम इज नट ओभर!
गजामा इसराइली  हमलाबाट मृत्यु हुनेको संख्या ७० हजार नाघ्यो
गजामा इसराइली हमलाबाट मृत्यु हुनेको संख्या ७० हजार नाघ्यो
नेपालको मौसम प्रणालीमा दित्वा चक्रवातको प्रभाव कति छ?
नेपालको मौसम प्रणालीमा दित्वा चक्रवातको प्रभाव कति छ?
टोलीले हारे पनि समर्थकको मन जितेका गुलशन
टोलीले हारे पनि समर्थकको मन जितेका गुलशन
एनपिएलको खेल मात्र होइन, गैंडा–बाघ–सिंह पनि भाइरल!
एनपिएलको खेल मात्र होइन, गैंडा–बाघ–सिंह पनि भाइरल!
प्रतिक्रिया दिनुहोस्

विचार

राजन पाण्डे
शिक्षामन्त्रीज्यू, तपाईंसँग विश्वास सहितको अपेक्षा राखेको छु! राजन पाण्डे
योगेश भट्टराई
महाधिवेशनका बेला सार्वजनिक बहस हुन्छ, फेक आइडी बनाएर प्रहार गर्न छाडौं योगेश भट्टराई
तुलानारायण साह
'जेन्डर पोलिटिक्स' मा टेकेर नितिश कुमारले बिहारमा कायम राखेको वर्चश्व तुलानारायण साह
ईश्वर पोखरेल
केपी ओली, अब तपाईं अभिभावक बन्नुस्, अध्यक्षमा म उठेँ ईश्वर पोखरेल

ब्लग

शकुन्तला भूर्तेल
त्यसपछि सुरू भए मेरा संघर्षका दिनहरू शकुन्तला भूर्तेल
अर्जुन मोहन भट्टराई
बाबा, मैले मोटरसाइकल कहिले पाउँछु? अर्जुन मोहन भट्टराई
तिर्थराज पन्थी 'त्रिलोचन'
मर्स्याङ्दी यहीँबाट साँच्चिकै बग्न थाल्छ! तिर्थराज पन्थी 'त्रिलोचन'
विष्णु थापा
'बच्चा त हो नि' भनेर नजरअन्दाज गर्ने हाम्रो बानी! विष्णु थापा

साहित्यपाटी

ब्लुभिजन सुवेदी
विधवा प्रेमिका! ब्लुभिजन सुवेदी
सुबास अधिकारी
ओ परदेशी! सुबास अधिकारी
प्रेमकृष्ण श्रेष्ठ
क्यान्सर पीडित युवतीको याचना! प्रेमकृष्ण श्रेष्ठ
मनोज रेग्मी
आखिर के सोच्छन् हँ, यी केटाहरूले आफूलाई! मनोज रेग्मी

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP