Setopati ब्लग
आइतबार, माघ १५, २०७९
युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • साहित्यपाटी
  • ग्लोबल
  • घुमफिर

खोइ गोरा?

सुधन सुवेदी

सुधन सुवेदी

२००७ सालमा प्रजातन्त्र स्थापनासँगै देश बाह्य संसारका लागि खुल्यो। पर्यटक आउन थालेपछि देशले विकासका लागि नयाँ क्षेत्र भेट्यो– पर्यटन।

उतिबेलैदेखि हुनुपर्छ, पर्यटक भनेकै गोरा हुन् भन्ने मान्यता छापियो। हाल यो मान्यतामा कमी आए पनि गोराका पछि लाग्ने क्रम रोकिएको छैन।

कालाले पनि पर्यटनमा योगदान गरे, स्वदेशीले झन् पर्यटनको ‘पारो’ माथि उकासे र पनि गोरा भनेपछि बेग्लै बुझाइ हुने अझै पनि।

यही भोगाइ र बुझाइबाट अछुतो नभएको एक व्यक्ति गोराको जननी मुलुककै बाटोमा गोरा नदेख्दा छक्क पर्यो।

देशको पर्यटन नै उनीहरूले धानेको किस्सा सुनाएर नथाक्ने हामीलाई बेलायतको सडकमा अंग्रेजभन्दा बढी अफ्रिकी, चिनियाँ र भारतीय मूलका देख्दा आश्चर्यसँगै एउटा प्रश्न तेर्सिन्छ– स्थानीय गोरा गए कहाँ?

यो प्रश्नलाई एकछिन थाँती राखौं।

नेपाली मन, त्यो मन अटाउने छाती, छातीभन्दा माथि घाँटीले ठड्याउने टाउको सहितको हाल बेलायतमा भएको तनका बीचमा केही मिलेको छैन।

ठूलै त होइन तर लामो समयदेखि देशमा भएका घटना, आम बुझाइ, विभिन्न भूगोलमा रहेका नागरिकप्रति गरिएको असमान व्यवहार नै यसको कारण हो।

केही वर्ष अघि यहीँबाट ब्लग लेखेको थिएँ-काठमाडौं बाहिरका मान्छेले बनाएका हुन् भनेर। यहाँका धरोहर र संस्कृति काठमाडौंका स्थायी बासिन्दा नेवारहरूले बनाएका हुन्। व्यवसायिक काठमाडौं बाहिरबाट आएकाले बनाएका हुन् भन्ने कुरा स्पष्ट पार्न खोजेको थिएँ।

गाली धेरै पाइयो आफ्नै साथीहरूबाट पनि। अहिले फेरि दसैं आउन लाग्दा यही कुरो ताजा भएको छ, केही दिनमा माथि उल्लेख गरेको जस्तो पोष्ट पढ्न पाइनेछ।

लेखमा के थियो भने दसैं, तिहारमा बाहिरबाट आएकाहरू घर जाँदा काठमाडौं शान्त हुने, प्रदूषण कम हुने कुरालाई सही भनियो। सँगै जोडिने अर्को आशय– उनीहरू नफर्किए कस्तो काइदा, सधैंलाई हाइसन्चो भन्ने भावमा अलि मन अमिलियो।

म काठमाडौंमा जन्मेको नेवारी गीत र चाड बुझ्दै, मनाउँदै हुर्किएको हिसाबले साँस्कृतिक रूपमा आफूलाई नेवार मान्दछु। यद्यपी बाहिरका नआए हुन्थ्यो भन्ने कुरामा निषेधको गन्ध भएकाले यो कुरालाई सहज रूपमा लिन नसकेर त्यो लेख लेखेको थिएँ।

बीचमा बागमतीमा पानी धेरै बग्यो, अलि सफा पनि भयो र पनि यो कुरा कम भएन, झन् बढ्यो। निषेधमा विश्वास नराख्ने मजस्ता धेरैलाई यही लाग्ला कि कुनै जात विशेषका नाममा ठाउँ चिनिनु राम्रो हो, तर त्यो ठाउँ तब मात्र सुन्दर होला जब सबैको साझा फूलबारी हुनसक्छ।

यहाँ अर्को प्रसंग जोड्छु।

देशलाई चिनाउन, पर्यटकलाई आकर्षित गर्न सगरमाथा र लुम्बिनीको रटान लगाउने हामीलाई जर्मनीले बर्लिन वाल वा इतिहास नभनेर विविधताको प्रचार गरिरहेको छ, जसले कुनै पनि वर्ण, लिंग, भूगोलकालाई बराबरी ओत पनि दिएको छ भन्ने थाहा पाउँदा उतिकै अनौठो लाग्ला।

पहिचानका कुरा उठे पनि जन्मकै आधारमा हुनुपर्ने पटक्कै लाग्दैन। कर्मका आधारमा पहिचान बन्छ र बन्नु पनि पर्छ।

यही पहिचानका कुरा उठाइराख्दा याद गर्नुपर्ने कुरो के पनि हो भने हाम्रो भावी पुस्ता कति पलायन भए, हुँदै छन्। इतिहासका पात्रलाई देवत्वकरण वा दानवीकरण गर्नुभन्दा इतिहासलाई पढेर अघि बढ्दा बेठिक होला त?

अब सुरूको प्रसंग।

आज बेलायत, जर्मनी वा अन्य कुनै पनि मुलुकले यही विविधता र भाइचारालाई बढाएका छन्। जुन नयाँपनले ठाउँलाई अलिकति मात्र पनि फाइदा गर्छ हरसम्भव पछ्याएका छन्।

यसको मतलब उनीहरूको मोडल सोह्रै आना ठीक भन्न खोजेको होइन। एकले अर्कालाई सम्मान दिने कुरो महत्वपूर्ण हो।

फेरि गोरा कता गए भन्ने कुरो बुझ्दा ती काला वा अन्य मूलका सबै बेलायती भइसकेका रहेछन्। उनीहरूमध्ये कोही तीन वा चार पुस्तादेखि बेलायतमा बसिरहेका रहेछन्। आखिर कुरोको चुरो त्यही नै आएर थामियो, हामीलाई आँप खानसम्म मतलब हो गन्नसँग होइन। गोरा काला भएछन्, अनि काला गोरा।

प्रकाशित मिति: शनिबार, असोज ४, २०७६, ०२:५३:००
सिफारिस
६ महिनामा पर्यटन उद्योगमा थपियो झन्डै १९ अर्ब, के-केमा भयो लगानी?
६ महिनामा पर्यटन उद्योगमा थपियो झन्डै १९ अर्ब, के-केमा भयो लगानी?
कमाउन विदेशै जानुपर्छ भन्ने सोच्थिन्, अहिले आफैं दिन्छिन् अरूलाई रोजगारी
कमाउन विदेशै जानुपर्छ भन्ने सोच्थिन्, अहिले आफैं दिन्छिन् अरूलाई रोजगारी
रवि र राज्यसँग सिधा प्रश्न
रवि र राज्यसँग सिधा प्रश्न
'काठमाडौं महानगरको ज्यादतीविरूद्ध' आज २ बजे माइतीघरमा खबरदारी सभा
'काठमाडौं महानगरको ज्यादतीविरूद्ध' आज २ बजे माइतीघरमा खबरदारी सभा
'मेरो तलब काटे काट्नुस्, तर सरको अपरेसन हुनुभन्दा अघि अस्पताल आउनुस् म्याडम!'
'मेरो तलब काटे काट्नुस्, तर सरको अपरेसन हुनुभन्दा अघि अस्पताल आउनुस् म्याडम!'
बा सोध्छन्- जिन्दगी यसरी नै चल्छ त केटा?
बा सोध्छन्- जिन्दगी यसरी नै चल्छ त केटा?
कस्तो तीतो म:म!
कस्तो तीतो म:म!
श्रीमान, छोराछोरी सबै विदेश, म बुढी यहाँ एक्लै!
श्रीमान, छोराछोरी सबै विदेश, म बुढी यहाँ एक्लै!
जीवन यत्तिकै सकिँदैन (फोटोफिचर)
जीवन यत्तिकै सकिँदैन (फोटोफिचर)
प्रतिक्रिया दिनुहोस्
थप

ब्लग

फाइल तस्बिर।
कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौं
बा सोध्छन्- जिन्दगी यसरी नै चल्छ त केटा?
गिट्टीले चलेको नुन-रोटी
कस्तो तीतो म:म!
श्रीमान, छोराछोरी सबै विदेश, म बुढी यहाँ एक्लै!
बच्चालाई आमासँगै सुताउने कि अलग्गै?

विचार

अमित ढकाल
रवि र राज्यसँग सिधा प्रश्न अमित ढकाल
यादव देवकोटा
कर्णाली अर्थात् पराईको भूगोल! यादव देवकोटा
हिरा विश्वकर्मा
वर्गीय मुक्तिको वैचारिक आधारले दलितलाई के दियो? हिरा विश्वकर्मा
डा. शेरबहादुर पुन
महामारीमा आशा र भरोसाको केन्द्र बनेको टेकु अस्पताल डा. शेरबहादुर पुन

ब्लग

डाक्टर रमेश शर्मा
कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौं डाक्टर रमेश शर्मा
दिपक घिमिरे
बा सोध्छन्- जिन्दगी यसरी नै चल्छ त केटा? दिपक घिमिरे
महेश दत्त भट्ट
गिट्टीले चलेको नुन-रोटी महेश दत्त भट्ट
अनिता कोइराला
कस्तो तीतो म:म! अनिता कोइराला

साहित्यपाटी

अनिता न्यौपाने
घाम ओर्लिएपछि आँगनमा अनिता न्यौपाने
सन्जीब बाबू पौडेल
'मेरो तलब काटे काट्नुस्, तर सरको अपरेसन हुनुभन्दा अघि अस्पताल आउनुस् म्याडम!' सन्जीब बाबू पौडेल
सपना घिमिरे
आमा के म अब बाँच्छु? सपना घिमिरे
हिकमत सिंह ऐर
धन्न अंग्रेज! के सिकाई गईस! हिकमत सिंह ऐर

केटाकेटीका कुरा

यूदाइ उ राउत
आमाको लागि औषधी यूदाइ उ राउत
सन्जिना श्रेष्ठ
जीवन सन्जिना श्रेष्ठ
सञ्जिता थारू
कम्मर कसौं न साथी! सञ्जिता थारू
उज्ज्वल ढकाल
'गम नै गम' को कथा उज्ज्वल ढकाल

पाठक विचार

सेतोपाटी संवाददाता
सुरेन्द्र पाण्डेको सचिवालयद्वारा खण्डन सेतोपाटी संवाददाता
युवराज अधिकारी
धन्न नेता भइनँ! युवराज अधिकारी
कृष्ण वर्मा
माननीयज्यू, खै त रोजगारी? कृष्ण वर्मा
पत्रकारिताको विद्यार्थी
मानविकी संकायका डिनलाई खुलापत्र: शिक्षामा भाषाको अवरोध हटाइयोस् पत्रकारिताको विद्यार्थी

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
+977-1-5429319 +977-1-5428194
setopati@gmail.com, info@setopati.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram
मेनु
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • गोपनीयता नीति
विशेष
  • ICC #CT2017
  • सेभेन डेज इन टिबेट
  • Katha Ye:
  • १३औं दक्षिण एसियाली खेलकुद
  • महाधिवेशन विशेष
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© Setopati Sanchar Pvt. Ltd. -2023 All rights reserved.