रौतहटको गुजरा नगरपालिकाको मेयर जनता समाजवादी पार्टीले जितेको छ।
जसपा उम्मेदवार सन्तलाल प्रसाद चौधरी मेयर निर्वाचित भए। उनले ५१४३ मत ल्याएका छन्।
उनले नेकपा एकीकृत समाजवादीका केशव रायलाई हराए। रायले ४७९९ मत ल्याएका छन्।
उपमेयर भने नेपाली कांग्रेसले जितेको छ। कांग्रेसका रत्न लामा उपमेयर निर्वाचित भएका छन्। उनले ६०१० मत ल्याएका छन्।
यहाँ नेकपा एमालेकी रानीकुमारी चौधरी पराजित भइन्। उनले ४१८१ मत ल्याएकी छन्।
प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९, ०५:१०:००