सानिमा बैंकको १७ औँ वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ।
सामुदायिक सेवा केन्द्र–नारायणचौर, नक्साल, ब्लड डोनर एशोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पताल, तिनकुनेको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो।
बैंकको मुख्य कार्यालय अगाडि रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको सहभागिता रहेको थियो।
२०७८ मंसिर २१, मंगलबार बिहान ९ बजेदेखि सुरु भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सबै रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरे।
सानिमा बैंकको सातै प्रदेशमा हाल ११७ वटा कार्यालयहरु र ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन्।
प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८, ०७:३२:०९