एनएमबि बैंक र ट्रेडिङ एसोसिएशन अफ नेपालबीच डिजीटल सेवाहरूलाई प्राथमिकता दिनको लागी समझदारी भएको छ। उक्त समझदारी २०७९ अषाढ ९ मा सम्पन्न भएको हो।
समझदारीको लागि बैंकको तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र ट्रेडिङ एसोसिएशन अफ नेपालको तर्फबाट अध्यक्ष खुब बहादुर सुबेदीबीच समझदारी पत्र हस्तानन्तरण भएको छ।
समझदारी पत्र मार्फत टानका ट्रेडिङ एसोसिएशन अफ नेपाल सदस्यहरूले एनएमबि बैंकको डिजिटल सेवाहरू सजिलै उपभोग गर्न सक्नेछन्। बैंकले डिजिटल सेवाहरू वी च्याट, पोस, क्युआर र पेमेन्ट गेटवे जस्ता सुविधाहरू प्राथमिकताको साथ प्रवाह गर्दै आइरहेको छ।
यी सेवाहरूले गर्दा टानका ट्रेडिङ एसोसिएशन अफ नेपाल सदस्यहरूलाई व्यापार-व्यवसायमा सहजीकरण हुने विश्वास लिइएको छ। एनएमबि बैंकले ग्राहकहरूलाई डिजिटल कारोवारहरूको उपयोगिताको महत्व बढाउन यस्ता किसिमका अभियानहरू सञ्चालन गर्दै आएको छ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरू, १३८ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दैछ।
प्रकाशित मिति: बुधबार, असार १५, २०७९, ०६:३०:३०