आइतबार सुनको मूल्य बढेको छ। चाँदी भने यथावत छ।
आज सुन अघिल्लो शुक्रबारको तुलनामा सात सय रुपैयाँ बढेर प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ९७ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
आज चाँदी प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार पनि चाँदी प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो।
आइतबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ४६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९, ०१:४९:००