कोरोना महामारीको रोकथाम र नियन्त्रणमा जुटिरहेका महिला सुरक्षाकर्मीहरूलाई घुन्सा फाउण्डेशन नेपालले अत्यावश्यकीय स्वास्थ सामग्री वितरण गरेको छ ।
फाउण्डेशनका अध्यक्ष याङ्जोङ् शेर्पाले शुक्रवार महानगरीय ट्राफिक प्रहरी महाशाखाको कार्यालय बग्गीखानामा आयोजित एक कार्यक्रमकाबीच उपत्यका भित्र लकडाउन पालना गराउन खटिरहेका महिला ट्राफिक महिलालाई उक्त सामग्री दिएका हुन्।
उपत्यकामा लकडाउनको पालना गराउन झण्डै १ सय ६० भन्दा बढी महिला ट्राफिक प्रहरी खटिरहेको छन्।
उनीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै फाउण्डेशनले माक्स र पन्जा वितरण गरेको हो। फाउण्डेशनका अध्यक्ष शेर्पाले ट्राफिक महिला प्रहरीलाई सुरक्षा र हौसला प्रदान गर्नलाई स्वास्थ्य सामग्री वितरण गरेको बताए।
‘म आफू महिला भएको नाताले महिला ट्राफिक प्रहरीलाई हौसला प्रदान गर्न र उहाँहरुको सुरक्षा पनि होस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री वितरण गरेको हो’, अध्यक्ष शेर्पाले भने ‘हामी मातृ जनस्वास्थ्यका क्षेत्रमा काम आइरहेको भएर पनि यस्तो महसुस गरेको हो।’
दुर्गम क्षेत्र ताप्लेजुङको घुन्सामा जनस्वास्थ्यको क्षेत्रमा केन्द्रीत भएर यस संस्थाले विगतदेखि काम गर्दै आएको छ।
फाउन्डेशनद्धारा प्रदान गरिएका स्वास्थ्य सामग्री ट्राफिक प्रहरी निरीक्षक मनिषा बुढाथोकीले बुझेकि हुन्।
सो अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले दुर्गममा रहेको संस्थाले ट्राफिक प्रहरीलाई सम्झिएर गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे।
प्रकाशित मिति: शनिबार, जेठ ३, २०७७, ०३:२५:००