दिवा खाजा कार्यक्रमलाई कक्षा आठससम्म विस्तार गरिने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसदमा पेश गरेको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै दिवा खाजा कार्यक्रम विस्तार गरिने बताएकी हुन्।
आर्थिक वर्ष २०७६/०७७ देखि नेपाल सरकारले सामुदायिक विद्यालयमा पढ्ने सबै शिशु कक्षादेखि कक्षा ५ सम्मका बालबालिकाहरूलाई राज्यको नियमित बजेटबाट दिवा खाजा कार्यक्रम सुरू गरेको थियो।
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९, ०८:०८:००