साहित्यपाटी
सोमबार, माघ १२, २०७७
युनिकोड ENEnglish
  • गृहपृष्ठ
  • राजनीति
  • नेपाली ब्रान्ड
  • समाज
  • विचार
  • किनमेल
  • कला
  • खेलकुद
  • घुमफिर
  • ब्लग
  • साहित्यपाटी
  • ग्लोबल
नातिनीलाई चिठी
देवेन्द्र बागलुङे 'कान्छा'
देवेन्द्र बागलुङे 'कान्छा'
देवेन्द्र बागलुङे 'कान्छा'।
देवेन्द्र बागलुङे 'कान्छा'।

कविता
मेसेञ्जर, ह्वाट्सएप
अनि भाइबरहरुको
विचित्र दुनियाँमा
अत्तोपत्तो बिना सहर झरेकी नातिनीलाई
उही पुरानो 'फ्लेम फुल्टिन'ले
ठूला अक्षरमा लेखी
उस्तै पुरानो लिफामा बन्द गरी
सिरानमा
'जसको पत्र उसकै हात बीचमा खोले महापाप' कोरिएको,
पत्र मञ्जुषामा फुत्त खसालेको
हल्काराले दैलोमै ल्याईपुर्‍याएको
प्यारो चिट्ठी हात पर्छ नातिनीलाई।

नातिनी फूरुङ्ग हुँदै
हठात् पढ्छिन हरफहरु।

प्यारी नातिनी चम्पा
कोटी-कोटी शुभाशिष।

नातिनी,
तिमी त
राम्रो हुने ठहरमा बसेको छौ रे
राम्रो लाउने रहरमा फसेको छौ रे
गाउँलाई चटक्कै भुलेर
सहरमा पसेको छौ रे।

थाहा छ नातिनी तिमीलाई?
त्यो सहर कति निष्ठुरी हुन्छ
छेउछाउकै मान्छेसँग कति विघ्न दूरी हुन्छ?
नातिनी, सहरमा त
कोही हाँसेको हाँस्यै हुन्छ
कोही रोएको रोयै हुन्छ।
सहर त कति निर्मोही हुन्छ
आफ्नै मान्छे पनि न कोही न कोही हुन्छ।

नातिनी, सुनेको छौ?
सहरमा त अस्तिभर्खर
'एबीसिडी' हरुको झुण्डले
विचरा 'कपुरी क' हरुलाई
डाँडै कटाउने सुरमा
खेदो खन्दै थिए रे
तिमीहरु त सबै हाम्रै हौ भन्दै थिए रे।

अलि होस पुर्‍याऊ है नातिनी
तिम्रो बुलाकीमा पनि
धेरैको मन अडेको सुन्छु
तिम्रो फरिया-चोलीमा पनि
रिपुको आँखा गडेको सुन्छु।

कान्छाले भन्थ्यो
जिबा सहरमा त
गली-बगलीमा छुरा हुन्छ
जे-जे खान्छौ चोखो भनी
त्यही चीज पूरा हुन्छ।

नातिनी,
तिमी बसेको सहरमा त
जिजीविषाको निर्मम सिक्री हुन्छ अरे
जम्मै जिनिस निकै बिक्री हुन्छ अरे
ठिक छ
केही इलम गर्नै परे
सक्छ्यौ फूलका गमलै बेच्नू
बुन्छ्यौ फूलका मालै बेच्नू
किंवा रुमालका टालै बेच्नू
तर किमार्थ,
जुन माटोमा जन्म्यौ
त्यही माटोको अस्मिता बेचेर नखानु
आफूभित्रको सीता बेचेर नखानु।

उही तिम्रो
बिरौटे जिबा।

प्रकाशित मिति: सोमबार, असार २९, २०७७, ०३:५९:००
सिफारिस
आफ्नो लाइन अनुसार प्रदेश-१ मा निर्णय गराउन सक्लान् शेखरले?
आफ्नो लाइन अनुसार प्रदेश-१ मा निर्णय गराउन सक्लान् शेखरले?
बुधबार कुन-कुन अस्पतालमा लगाइन्छ कोरोनाविरूद्धको खोप?
बुधबार कुन-कुन अस्पतालमा लगाइन्छ कोरोनाविरूद्धको खोप?
बरिष्ठ अधिवक्ता शम्भु थापाको व्यङ्ग्य: प्रधानमन्त्रीसँग पो अर्को संविधान छ
बरिष्ठ अधिवक्ता शम्भु थापाको व्यङ्ग्य: प्रधानमन्त्रीसँग पो अर्को संविधान छ
निर्वाचन आयोगको निर्णयले अन्तत: प्रचण्ड-नेपाललाई फाइदा पुग्‍ने 
निर्वाचन आयोगको निर्णयले अन्तत: प्रचण्ड-नेपाललाई फाइदा पुग्‍ने 
टल्कनै छाडे हिमालमा हिउँ
टल्कनै छाडे हिमालमा हिउँ
चीन र भारतका सैनिकबीच सीमामा फेरि झडप, दुबैतिरका २४ सैनिक घाइते
चीन र भारतका सैनिकबीच सीमामा फेरि झडप, दुबैतिरका २४ सैनिक घाइते
कोरोनापछि जुर्मुराएको पर्यटकीय क्षेत्र
कोरोनापछि जुर्मुराएको पर्यटकीय क्षेत्र
महोत्तरीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु
महोत्तरीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु
साथीको घर गएका भारतीय नागरिक ११ वर्षीया बालिका बलात्कार आरोपमा पक्राउ
साथीको घर गएका भारतीय नागरिक ११ वर्षीया बालिका बलात्कार आरोपमा पक्राउ
प्रतिक्रिया दिनुहोस्

थप

साहित्यपाटी

नियत र नियति
दुर्गा किरणका तीन कविता
गाउँ बिर्सेपछि...
फगत भीड हौं हामी, सबले बिर्सिनेछन् (भिडिओ)
...त्यसपछि निलपरी आइन
बोली फेरी आउँदैछु

विचार

'ए हजुर एकपल्ट यता हेर्नुस् त, एउटा कहानी सुनाउँछु' सुरज सुवेदी
गुणस्तरीय स्वास्थ्यमा समान पहुँच र अवसर, स्वीडेनको उदाहरण दीपराज थापा
हामीलाई संविधान र सम्पदाको हुटहुटी, नेतालाई सत्ताको सुदीप श्रेष्ठ
श्रीमान, निर्वाचित होइन कामचलाउ प्रधानमन्त्रीले मात्रै प्रयोग गर्न पाउँछ धारा ७६ (७) अमित ढकाल

ब्लग

हाम्रो परिवारको त्यो कालो दिन... तेज काफ्ले
गोठ भत्काएर छाउपडी भत्किन्छ र? हंशराज जोशी 
सपनामा पनि मोटरसाइकल लिएर भेट्न आइरहन्छन् राम दाइ गणेश खड्का
चिना हेराएर गरिएका वैवाहिक सम्बन्ध दीगो हुन्छ भन्थे तर... बन्दना भट्टराई

साहित्यपाटी

नियत र नियति सुन्दर पन्त
दुर्गा किरणका तीन कविता दुर्गा किरण तिवारी ‘क्षितिज’ 
गाउँ बिर्सेपछि... सन्तोष पौडेल
फगत भीड हौं हामी, सबले बिर्सिनेछन् (भिडिओ) मिखाइल लेर्मोन्तोभ (भावानुवाद: जुगल भुर्तेल)

केटाकेटीका कुरा

पानी हाम्रो जीवन  संविद ढकाल
ल्यापटपमा बसेर विद्यालयको वार्षिक उत्सव मनाउनुपर्दा... श्रेया नेपाल
मेरो विद्यालय त खुल्यो तर कोरोना भागेन  रूबस पराजुली
के हात्ती पनि डायनासोर जस्तै लोप होला? अभिप्षा पोख्रेल

पाठक विचार

साथीलाई अन्तिम पत्र मोहन आचार्य
प्रचण्ड-माधवलाई खुलापत्र प्रकाश पाण्डे
टोपबहादुर रायमाझीलाई खुला पत्र टंक घिमिरे
प्रधानमन्त्रीज्यू, तपाईंको झुटा भाषण सुन्दा ताजुब लाग्छ महेश दत्त भट्ट

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर
शेयर बजार
सुन चाँदि
रेडियो सुन्नुहोस्

सम्पर्क

Setopati Sanchar Pvt. Ltd.

सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७

Jhamsikhel Lalitpur, Nepal
+977-1-5529319 +977-1-5528194
setopati@gmail.com, info@setopati.com

विज्ञापनका लागि

015544598, 9801123339, 9851123339

सोसल मिडिया

Like us on Facebook

Follow us on Twitter

Subscribe YouTube Channel

Follow us on Instagram

मेनु

सेतोपाटी

  • गृहपृष्ठ
  • फिड

विशेष

  • ICC #CT2017
  • सेभेन डेज इन टिबेट
  • Katha Ye:
  • १३औं दक्षिण एसियाली खेलकुद

प्रधान सम्पादक

  • अमित ढकाल

सेतोपाटी टीम

  • हाम्रो टीम
© Setopati Sanchar Pvt. Ltd. -2021 All rights reserved. Site by: SoftNEP