Setopati साहित्यपाटी
शुक्रबार, जेठ ६, २०७९
युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • समाज
  • विचार
  • किनमेल
  • नेपाली ब्रान्ड
  • कला
  • ब्लग
  • खेलकुद
  • साहित्यपाटी
  • घुमफिर

सुभाहाङ

टेकेन्द्रराज चेम्जोङ

माघ ७

'उहिले पोरोक्मी यम्फमी माङले
इक्सादिन खाम्बेक बनायो
परम शक्तिमान उसले
घुमायो दस फन्को
आफ्नो चेतन मनलाई
मन्थन गर्यो विवेकको
तुफान आँधीबेरीहरूमा
बटार्यो शक्तिशाली बलबाहु
घुमायो समयचक्र
अनि बन्यो यो सुन्दर धर्ती।'

'आकाश र धर्तीलाई जोड्न
उठायो फक्ताङलुङ
अझै माथि चुल्यायो सेसेलुङ
अनि जोडियो धर्ती र आकाश।'

यस्तै-यस्तै मिथक सुन्दै बित्यो
सुभाहाङको बाल्यकाल।

हरेक बिहान उसको घाम उदाउँथ्यो
शिरफूल भएर पदामलुङ डाँडामा
अनि पोखिन्थ्यो उसको आँगनमा
घामले छोएर जान्थ्यो
कठाङ्ग्रिएको उसको कलिलो आङ।

उसको घाम दिनभरि खेल्थ्यो
सेहोनाम्लाङ पाखामा
बुकीहरूसँग रमाउथ्यो
अनि बास बस्न झर्थ्यो
गोधुली साँझहरूसँगै
तल-तल तमोरका गढतिर।

जब आँगनमा फुल्थ्यो सेक्मुरी फूल
उसलाई जीवन मुस्कुराए झैं लाग्थ्यो
संसार सुवासित हुन्थ्यो
नयाँ आशा पलाएजस्तो
नयाँ जीवन मुस्कुराएजस्तो लाग्थ्यो।

ऊ पढ्न सक्थ्यो बारीमा फुलेका
ढकमक्क आरुका फूलहरू
ऊ बुझ्न सक्थ्यो पातका रंगहरू
जताततै पोखिएका हुन्थे
उसका बैँसालु सपनाहरू
नागीका फूलहरूमा
ऊ चौतारीहरूमा दुःख बिसाउथ्यो
सल्लाहरूसँग सुस्केरा हाल्थ्यो।

हरेक साँझ ऊ जून हेर्थ्यो
जूनका दाग नियाल्दै
आफ्नो कलिलो गाला सुम्सुमाउँथ्यो
ताराहरू हेरेर हातका औँलाहरू गन्थ्यो
कल्पनाको सेतो घोडा चेढेर
पुग्थ्यो युमा थेबाका गाउँ।

सुभाहाङले एकदिन
सेक्मुरी मुर्झाएको देख्यो
अनायस खस्यो
दुःखको ठूलो पहाड उसको काँधमा
अनि हिँड्यो मुगलान
त्यही भारी बोकेर
सपनामा पनि नदेखेको
त्यो सपनाको गाउँ
सपनाको बगैंचाहरू
साट्न हिँड्यो ऊ
त्यो दुःखको पहाड।

भासियो ऊ
वन तरुलजस्तो क्षितिजपारि
त्यो बिरानो मुगलान
सपनाको फूल टिप्न
सजाउन उसको भत्केको घर
सुखले श्रृंगार्न
उसका आँगन र घुर्यानबारी।

उसले गाउँ छाडेपछि
घामले उसलाई देखेन
निराश जूनले चियाएर जान्थ्यो
हरेक साँझ त्यो बार्दली
बारीमा फूलेका आरु र पयुँका फूलहरू
नपाएर उसको प्रेममय स्पर्श 
त्यसै-त्यसै मृत्युवरण गर्थे
बलेसीहरू रोइरहन्थे उसलाई पर्खेर
डाँडाको बरको बुढो रुख
लाग्थ्यो उसैको पर्खाइमा
एक्लो बाँचिरहेको छ।

समय हिँडिरह्यो
त्यही गतिमा सालहरू फेरिरहे
घाम बदलियो, ताराहरू बदलिए
मानिसहरू बदलिएर
सेक्मुरीहरू ओइलिए गए
आरु र पयुँका रुखहरू
बुढो भएर ढले
चौँतारीहरूले कुरेनन् उसलाई।

सुभाहाङ फर्कियो घर
झोलाभरि सपनाको फूल
अंगालोभरि खुसी बोकेर
घरले चिनेन उसलाई
किनकि घर, घरजस्तो थिएन
उसको दुःखमा रुने बलेसी
खण्डहर भएका थिए
सेक्मुरी फुल्ने आँगनहरू
वनमाराले ढाकिएका थिए
बारीमा खोज्यो उसले
आरु र पयुँका रुखहरू
कतै भेटेन तिनका डोबहरू।

उसले घाम हेर्यो देखेन
जूनलाई पर्खियो
आएन जून बार्दलीमा
देखेन उसले पदामलुङ डाँडा
सेहोनाम्लाङमा खोज्यो
नाचिरहने बुकी फूलहरू
तर उसले भेटेन
धमिलो देख्यो उसले
नाम्सामीले छोडेका आदिम निशानहरू
क्षितिजमा फक्ताङलुङ
निराश र उदास देख्यो
तमोर काबेलीहरू
रोइरहेको देख्यो
घामले बास बस्ने ती बस्तीहरू
उराठ र बिरानो देख्यो।

उसले देखेन कतै
खुसीका फूल सजाउने ठाउँ
भेटेन उसले कतै
सुख बिसाउने चौतारीहरू
उसले कसैलाई देखेन
मन भुलाउने दौँतरी
विचरा सुभाहाङ!
आफ्नै आँगनमा
यति बिरानो भयो कि
आफ्नो पुकार सुन्ने
आफ्नो भगवान पाएन।

शब्दार्थ
पोरोक्मी यम्फामीमाङ: पृथ्वीको सृष्टिकर्ता
इक्सादिन खाम्बेक: धर्ती/पृथ्वी
फक्ताङलुङ: कुम्भकर्ण हिमाल
सेसेलुङ: कन्चनजंघा हिमाल
पदामलुङ: पाँचथर जिल्लामा अवस्थित पवित्र स्थान
सेहोनाम्लाङ : पाँचथर जिल्लामा अवस्थित पवित्र देउराली डाँडा
युमा थेबा: लिम्बु जातिको मूल देवी देउता।
सेक्मुरी: जीवन फूल
नामसामी: केसामी नामसामी मुन्धुमको एक पात्र।

प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८, ०३:००:३१
सिफारिस
बलात्कारमा परेँ भनेर फोन गर्ने किशोरीलाई माल्भिकाले भनिन्- त्यो बेला सहयोग गर्न नसकेकोमा माफी चाहन्छु
बलात्कारमा परेँ भनेर फोन गर्ने किशोरीलाई माल्भिकाले भनिन्- त्यो बेला सहयोग गर्न नसकेकोमा माफी चाहन्छु
नेपालगन्जमा धवल शमसेरको कुर्सीमा बस्न तम्सिएका ४३ वर्षीय प्रशान्त विष्ट
नेपालगन्जमा धवल शमसेरको कुर्सीमा बस्न तम्सिएका ४३ वर्षीय प्रशान्त विष्ट
कन्सल्टेन्सी सञ्चालकले एक किशोरीलाई बेहोस हुने औषधि खुवाएर बलात्कार गरेको सार्वजनिक 
कन्सल्टेन्सी सञ्चालकले एक किशोरीलाई बेहोस हुने औषधि खुवाएर बलात्कार गरेको सार्वजनिक 
५५० पालिकाको मत परिणाम सार्वजनिक, कसले कति जिते (सूचीसहित)
५५० पालिकाको मत परिणाम सार्वजनिक, कसले कति जिते (सूचीसहित)
काठमाडौं महानगरका १२ वडामा अहिलेसम्म बालेन, केशव र सिर्जनाले कति पाए मत? 
काठमाडौं महानगरका १२ वडामा अहिलेसम्म बालेन, केशव र सिर्जनाले कति पाए मत? 
बिहीबार बिहान ३ बजेसम्म कुन पार्टी कति पालिका जिते (सूची)
बिहीबार बिहान ३ बजेसम्म कुन पार्टी कति पालिका जिते (सूची)
कांग्रेसले उनलाई टिकट दिएन, कांग्रेसलाई हराएर मेयर बने राजुसिंह
कांग्रेसले उनलाई टिकट दिएन, कांग्रेसलाई हराएर मेयर बने राजुसिंह
४५० पालिकाको नतिजा आयो, कांग्रेसले ४७ प्रतिशत जित्दा अरू दलले कति जिते?
४५० पालिकाको नतिजा आयो, कांग्रेसले ४७ प्रतिशत जित्दा अरू दलले कति जिते?
भैरहवा विमानस्थलमा आउँदै एयर अरेबिया, जजिराले थाल्यो नियमित उडान
भैरहवा विमानस्थलमा आउँदै एयर अरेबिया, जजिराले थाल्यो नियमित उडान
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

जुन कुरा थाहा भएपछि...
मेरो मतपत्रको अनुरोध
असजिलो म
म अनि मेरा चिन्हहरू 
दोषी आमा
तीन शब्द, दुई प्रेम

विचार

गोविन्द लुइँटेल
तिलस्मी नेताको 'लालकिल्ला' गोविन्द लुइँटेल
सञ्जीव कुमार शर्मा र किरणचन्द्र पुन
के हो उच्च रक्तचाप? कसरी जोगिने? सञ्जीव कुमार शर्मा र किरणचन्द्र पुन
सृजना पोख्रेल
कुरा त गरौं न यार! सृजना पोख्रेल
डा. यादव पण्डित
कसरी कम खर्चिलो बनाउने चुनाव? डा. यादव पण्डित

ब्लग

संजय मानन्धर
एक मतदान अधिकृतको डायरी संजय मानन्धर
शिवहरि खतिवडा
यति दुःख हुँदा नि म किन अमेरिकामै? शिवहरि खतिवडा
 शिवजी श्रेष्ठ
त्यो चुनाव अनि यो चुनाव!  शिवजी श्रेष्ठ
राधिका बोहरा
माननीयज्यू, मेरो लागि दसैंमा टिकट पठाइदिनु ल! राधिका बोहरा

साहित्यपाटी

ध्रुव गौतम
जुन कुरा थाहा भएपछि... ध्रुव गौतम
त्रिलोचन सुवेदी
मेरो मतपत्रको अनुरोध त्रिलोचन सुवेदी
रबर्ट जोशी
असजिलो म रबर्ट जोशी
मणिराम भट्टराई
म अनि मेरा चिन्हहरू  मणिराम भट्टराई

केटाकेटीका कुरा

अविनाश कुमार साह
महिला: हाम्रो देशको गौरव अविनाश कुमार साह
सम्भाव्य पाण्डे
भावीले लेखेको मेटेर मेटिदैन सम्भाव्य पाण्डे
प्रस्तुतचन्द्र बराल
मेरो देश प्रस्तुतचन्द्र बराल
संविद ढकाल
कलम  संविद ढकाल

पाठक विचार

युवराज अधिकारी
धन्न नेता भइनँ! युवराज अधिकारी
कृष्ण वर्मा
माननीयज्यू, खै त रोजगारी? कृष्ण वर्मा
पत्रकारिताको विद्यार्थी
मानविकी संकायका डिनलाई खुलापत्र: शिक्षामा भाषाको अवरोध हटाइयोस् पत्रकारिताको विद्यार्थी
आश्वासन दाहाल
लताको नेपाली कनेक्सन  आश्वासन दाहाल

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
+977-1-5429319 +977-1-5428194
setopati@gmail.com, info@setopati.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram
मेनु
सेतोपाटी
  • गृहपृष्ठ
  • फिड
विशेष
  • ICC #CT2017
  • सेभेन डेज इन टिबेट
  • Katha Ye:
  • १३औं दक्षिण एसियाली खेलकुद
  • महाधिवेशन विशेष
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© Setopati Sanchar Pvt. Ltd. -2022 All rights reserved. Site by: SoftNEP