लामासोतीमा गएको सुख्खा पहिरो‘गल्छी–रसुवागढी सडक योजना’ अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका–७, बुधसिंहघाटस्थित लामासोतीमा बिहीबार साँझ गएको सुख्खा पहिरो। उक्त पहिरोले ‘देवीघाट–गल्छी’ सडक पूर्ण रूपमा अवरूद्ध भएकाले धादिङको गल्छी हुँदै आउने नुवाकोट र रसुवाका यात्रुलाई काठमाडौंको टोखा हुँदै छहरे निस्कन अनुरोध गरिएको छ। तस्बिर: रामहरि न्यौपाने/रासस
धान खेतसंखुवासभाको चैनपुर नगरपालिका–११ बाट देखिएको भोजपुरको षडानन्द नगरपालिका–१२ स्थित अरूण नदीको किनारमा हरियाली धान खेत। तस्बिर: भविन कार्की/रासस
पर्यटकीयस्थल जेफालेमोरङको उत्तरी सीमानामा पर्ने पर्यटकीयस्थल जेफाले। तस्बिर: विवेक मिश्र/रासस
गपचामा रातो माटाको रङ लगाउँदै व्यवसायीभक्तपुर नगरपालिका–४ तालाक्वमा गपचामा रातो माटाको रङ लगाउँदै व्यवसायी। यो गपचामा महानवमी र बडादसैंको दिन जमरा राखेको ढुकुटी कोठामा चोखो पानी र दूध राखेर देवी भवानीको पूजा गरिन्छ। तस्बिर: लक्ष्मी गारु/रासस
चौरजहारी लगायतका आसपासको क्षेत्रजाजरकोट सदरमुकाम खलङ्गाबाट भेरी नदीको किनारामा देखिने रूकुम पश्चिमको चौरजहारी नगरपालिकाको चौरजहारी लगायतका आसपासको क्षेत्र। मध्य पहाडी लोकमार्गसँग जोडिएका कारण चौरजहारी उपत्यकालाई चार वर्षदेखि नयाँ सहरका रूपमा विकास गरिँदै छ। तस्बिर: हेमन्त केसी/रासस