परराष्ट्र मन्त्रालयल यदुनाथ खनाल प्रवचन श्रृंखला चलाउने भएको छ।
मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार नेपालको परराष्ट्र नीति, कूटनीति र नेपालको राष्ट्रिय हितका महत्वपूर्ण विषयमा प्रोफेसर यदुनाथ खनालले पुर्याउनु भएको योगदानको कदरस्वरूप प्रवचन श्रृंखला गर्न लागिएको हो।
‘उक्त प्रवचन श्रृंखलाको प्रथम संस्करण २०७९ साल जेठ २४ गते काठमाडौंमा आयोजना गरिने छ। प्रत्येक वर्ष आयोजना गरिने प्रवचन नेपालको राष्ट्रिय हित एवम् अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनमा प्रत्यक्ष सरोकार राख्ने परराष्ट्र नीति, कूटनीति जस्ता विषयसँग सम्बन्धित शीर्षकमा हुनेछ,’ परराष्ट्रले विज्ञप्ति जारी गर्दै भनेको छ।
श्रृंखलामासम्बन्धित क्षेत्रका विशिष्ट व्यक्तित्वहरूसहित परराष्ट्र नीति निर्माण र कार्यान्वयनमा संलग्न व्यक्तिहरू, बुद्धिजीवी तथा अन्य सरोकारवालाहरूको सहभागिता रहनेछ।
उक्त श्रृंङ्खलाको पहिलो प्रवचन बेलायतको लिड्स विश्वविद्यालयका प्राध्यापक प्रोफेसर डाक्टर सूर्यप्रसाद सुवेदीले फरेन पोलिसी अफ नेपाल: पास्ट, प्रिजेन्ट एन्ड फ्युचर विषयमा दिनेछन्।
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९, ०७:५०:५१