नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक सुरू भएको छ।
शनिबार दिउँसो ललितपुरको बालकुमारीमा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक सुरू भएको हो।
यो बैठक भोलिसम्म जारी रहनेछ।
बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने र महासचिव डा. वेदुराम भुसालले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।
बैठक अवधिमा यी दुवै विषयहरूमा नेताहरूले छलफल गर्नेछन्।
प्रतिवेदनमा पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका
तथा भावी कार्य योजनाबारे रणनीति निर्माणमा छलफल हुनेछ।
प्रकाशित मिति: शनिबार, माघ २१, २०७९, १२:२०:००