नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन भित्र खटपट सुरू भइसकेको बताएका छन्।
ललितपुरको बालकुमारीमा जारी पाँचौ केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले गठबन्धनभित्र खटपट सुरू भएको बताएका हुन्।
यस्तै सत्तारूढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रपति निर्वाचन सम्म थेग्न सक्ने अवस्था नरहेको पनि जिकिर गरे।
‘प्रचण्डलाई कहिलेसम्म थेग्ने हो थाहा छैन। राष्ट्रपतिको चुनावसम्म थेग्ने होला। तर त्यो भन्दा पहिले नै हामीले देखिरहेका छौं- खटपट सुरू भइसकेको छ।,’ उनले भने, ‘यो तरल राजनीतिक अवस्था कहिलेसम्म कायम रहने हो ? यसै भन्न सकिने अवस्था छैन।’
उनले संविधान पालना हुन्छ वा हुँदैन भन्ने विषयमा पनि ध्यान दिनुपर्ने बताए। संविधानको पालना नगर्ने, राजतन्त्रको वकालत गर्ने, हिन्दुराष्ट्रको वकालत गर्नेहरू सरकारमा रहेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने उनले बताए।
प्रकाशित मिति: शनिबार, माघ २१, २०७९, १३:३६:००