नेकपा एमालेका सचेतक महेश बर्तौलाले आजको प्रतिनिधि सभा बैठकमा नियमापत्ति जनाएपछि नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले माफी मागेका छन्।
सांसद बर्तौलाले प्रतिनिधि सभा नियमावली २० को ६ बमोजिम सभामुखको आसन र बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई अनुमति छैन भन्ने विषय राखेका थिए।
बर्तौलाले यस्तो कार्य पटक-पटक सत्ता पक्षका सांसदहरूबाट भइरहेको भन्दै सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका थिए।
लगत्तै सभामुख घिमिरेले सांसदहरूलाई बर्तौलाले उठाएका कुरालाई उचित ध्यान पुर्याउन भनेका थिए।
त्यसपछि कांग्रेस सांसद खड्काले बोले। ‘अन्देखाका कारण मान्यज्यूले उल्लेख गर्नुभएअनुसार मैले नियमावलीको उक्त दफालाई उल्लङ्घन गरेँ, त्यसका लागि म क्षमा माग्न चाहन्छु।’
भिडिओ:
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९, १६:२१:००