कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ।
बिहीबार बिहान ११ बजे सम्मका लागि बैठक स्थगित भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
यसअघि मंगलबार बिहान ९ बजेका लागि उक्त बैठक बोलाइएको थियो।
तर सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै मिति परिवर्तन भएकोबारे उनले जानकारी दिएका हुन्।
सत्ता गठबन्धनले मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा मंगलबार अपराह्न ४ बजेका लागि बैठक बोलाएको थियो। छिट्टै मन्त्रिपरिषद् गठन गर्ने भने पनि गठबन्धनले निर्णय भने गर्न सकेको छैन।

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९, १९:३५:००