प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ।
मंगलबार साँझ बालुवाटारमा बसेको बैठकमा न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। मन्त्रिपरिषद विस्तार पनि छिट्टै गर्ने उनले बताए।
‘सरकार चाँडोभन्दा चाँडो विस्तार गर्ने भन्ने कुरा भयो। मूलत न्यूनतम साझा कार्यक्रमकै विषयमा छलफल भयो। मस्यौदा पेश भयो। भोलि त्यसले पूर्णता पाउँछ। सरकार चाँडै विस्तार हुन्छ,’ उनले भने।
यस्तै मन्त्रालय भागबन्डा बारेमा पनि सहमति आउने उनले बताए।
‘कुरा नमिल्ने कुरै छैन। कुरा मिल्छ। चाँडै विस्तार हुन्छ,’ उनले भने।
बुधबार बिहान ९ बजे फेरि गठबन्धनको बैठक बस्न लागेको हो।
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९, १९:०४:००