उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले छिट्टै सरकारका न्यूनतम साझा कार्यक्रम जारी गरिने र त्यसमा निर्धारण गरिएका प्राथमिकताअनुसार सरकार अघि बढ्ने बताएका छन्।
शपथग्रहणलगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका खड्काले पत्रकारहरूसँग कुराकानी गर्दै न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार भएको र छिट्टै जारी गरिने बताए।
‘छिट्टै सरकारका न्यूनतम साझा कार्यक्रम आउँछ। त्यहाँ उल्लेख गरिएका प्राथमिकताअनुसार नै सरकार अघि बढ्छ,’ उनले भने, ‘सरकार बिस्तारका काम लगभग सकिएको छ।’
उनले न्यूनतम साझा कार्यक्रमकै आधारमा बजेट निर्माण गरिनेसमेत बताएका छन्।
प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९, १६:२८:००