महिनावारी दिवसको अवसर पारेर काठमाडौंमा बृहत् साइकल र्याली हुने भएको छ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही जेठ १४ गते शनिबार महिनावारी दिवसको अवसर पारेर काठमाडौंको बसन्तपुरदेखि ललितपुरको मंगलबजारसम्म साइकल र्याली गरिने जानकारी गराइएको हो।
‘विद्यालयमा महिनावारी’ भन्ने सन्देशका साथ वातावरणमैत्री पुनः प्रयोग गर्न मिल्ने प्याडको प्रयोगबारे जनचेतना जगाउन वातावरण मैत्री सवारीको प्रयोगबाट र्याली आयोजना गर्न लागिएको एक्स्पोज नेपालका अध्यक्ष ज्ञान महर्जनले बताए।
शनिबार बिहान बसन्तपुरबाट सुरू हुने र्याली दरबारमार्ग, पुतलीसडक, अनामनगर, थापागाउँ, बानेश्वर, बबरमहल, थापाथली हुँदै पुल्चोक, जावलाखेल, लगनखेलबाट मंगलबजार पुगी समापन हुनेछ।
र्यालीमा ३०० जना साइकलयात्रीले सहभागिता जनाउने बताइएको छ।
मंगलबजारमा हुने समापन कार्यक्रमलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सम्बोधन गर्नेछिन्।
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९, ०७:३३:२५