मुगुबाट नेपालगञ्ज जाँदै गरेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
बुधबार म १ ख ६६० नम्बरको बस राति ८ बजे दैलेखको आठविस नगरपालिका-२ सिस्ने नजिक दुर्घटनामा परेको हो। बस सडकबाट कर्णाली नदीमा खसेको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी भुवनेप्रसाद साहका अनुसार बसमा सवार ४ जनाको मृत्यु भएको छ।
मृतकको पहिचान नखुलेको उनले बताए।
अरू ८ जना घाइते छन्। घटनास्थलमा उद्धारको काम जारी रहेको उनले जानकारी दिए।
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९, १२:२८:००