नेपाल र जापानबीचको व्यापारिक साझेदारी तथा दक्ष जनशक्ति आदानप्रदानको उद्देश्यले जापान टाउन सञ्चालनमा ल्याइएको छ।
नेपालका लागि जापानी राजदूत युकाता टिकुताले जापान टाउनको उद्घाटन गरेका हुन्।
सूचना प्रविधिसँग सम्बन्धित जनशक्तिलाई रोजगारीमा सहयोगको उद्देश्यले काठमाडौंको अनामनगरमा जापान टाउन सञ्चालनमा ल्याइएको बताइएको छ।
‘टोकियोमा पनि एक सानो काठमाडौं छ। नेपालमा पनि सानो जापान स्थापना भएको छ,’ उद्घाटन समारोहमा राजदूतल टिकुताले भनेका छन्।
नेपाल उद्योग परिसंघ, नेपाल पर्यटन बोर्ड र आइडिया स्टुडियोको सहकार्यमा नेपालमा प्रविधि क्षेत्रमा रहेको अवसरबारे अन्तर्क्रिया समेत भएको थियो।
सूचना प्रविधि क्षेत्रमा काम गर्ने ३६ बढी जापानी प्रतिनिधि कार्यक्रममा सहभागी भएका थिए।
उनीहरूले नेपालको जनशक्तिको क्षमता अभिवृद्धिका लागि सहयोग गर्ने प्रतविद्धता जनाएका छन्।
प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९, ०१:३९:००