पाल्पामा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
तिनाउ गाउँपालिका-५ चौबिस माइलस्थित सिद्धार्थ राजमार्गमा पाल्पाबाट बुटवल जाँदै गरेको मोठरसाइकलले ट्रकलाई ठक्कर दिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले जानकारी दिए।
शनिबार दिउँसो लु २९ प ३२९७ नम्बरको मोटरसाइकललाई ग २ ख ८४३ नम्बरको ट्रकले ठक्कर दिएको हो।
ठक्करबाट भारत घर भई स्याङ्जा वालिङ नगरपालिका-८ बस्ने ३७ वर्षीय मोटरसाइकल चालक बिनय चौधरीको मृत्यु भएको हो।
ठक्करपछि घाइते उनलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा पठाइएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो।
प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति: शनिबार, माघ २१, २०७९, १६:१९:३४