सशस्त्र प्रहरी बलले सर्लाहीबाट झन्डै १८९ किलो गाँजा बरामद गरेको छ।
शनिबार राति साढे १० बजे सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीबाट खटिएको टोलीले मलंगवा नगरपालिका-११ गम्हरीयास्थित झिम खोलाबाट १८८.९ किलो गाँजा बरामद भएको हो।
विशेष सूचनाको आधारमा खटिएको टोलीले उक्त गाँजा बरामद गरेको सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआइजी) पुरूषोत्तम पाण्डेले जानकारी दिए।
उनका अनुसार उक्त गाँजा झिम खोला अन्ध्रा इलाका हुँदै नेपालबाट भारत लैजाँदै गरेको थियो। गणबाट खटिएको १५ जनाको गस्ती टोलीले देखेपछि उनीहरू गाँजा छाडेर भागेका थिए।
उक्त गाँजा बरामद गरी गणमा राखिएको र आवश्यक कारबाही प्रक्रिया अघि बढाएको पनि सशस्त्र प्रहरी बलले जनाएको छ।
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९, १२:०७:२९