रोल्पामा ८ वर्षीय बालक मृत फेला परेका छन्।
लुङ्ग्री गाउँपालिका-७ घर भई रोल्पा नगरपालिका-४ ठकुरी टोलमा कोठा भाडामा बस्दै आएका ८ वर्षीय विष्णु गिरी कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामकुमार सारू मगरले जानकारी दिए।
उनी झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।
स्थानीय होली भिजन बोर्डिङ स्कुलमा कक्षा युकेजीमा अध्यनरत गिरी शनिबार दिउँसो ३ बजे मृत फेला परेका हुन्।
बालकका बुवा–आमा रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका छन्। उनी पढ्न सानी आमासँग बस्दै आएका थिए।
घटनाबारे आमा-बुवालाई खबर गरिएको र उनीहरू आएपछि मात्रै पोष्टमर्टमको प्रक्रिया सुरू हुने प्रहरीले जनाएको छ।
शव जिल्ला अस्पतालमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। पोष्टमर्टम पछि मात्रै घटनाबारे थप कुराहरू खुल्ने प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९, १३:५९:३४