लोकतन्त्रलाई न्याय चाहियो भन्दै ३१ दिनदेखि माइतीघरमा प्रदर्शत भएको छ।
जय महाकाल युवा समूहका अभियन्ता नन्दराज उपाध्याय नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा प्रदर्शन गर्दै आएका हुन्। उनीहरूले रिले अनशन गरिरहेका हुन्।
उनीहरूले चारवटा माग राखेका छन्।
प्राइमरी इलेक्सन (प्राभमिक निर्वाचन), राइट टू रिजेक्ट (नो भोट), राइट टू रिकल र विदेशमा भएका नेपाली नागरिकलाई मतदानको अधिकारको माग राखेका हुन्।
३१ औं दिन देखि माइतीघर मण्डलमा आफूहरूले धर्ना दिइरहेको अभियन्ता उपाध्याय बताउँछन्।
आइतबार नै गृहमन्त्रालयका उपसचिव दिलकुमार तामाङ, निर्वाचन आयोगका प्रतिनिधिले उनीहरूलाई भेटेका हुन्।
‘गृह र निर्वाचन आयोगबाट प्रतिनिधि आएर भेट्नुभएको छ,’ उनले भने, ‘उपसचिवज्यूसँग प्रधानमन्त्रीसँग भेटवार्ता गर्न पाउनुपर्ने माग राखेका छौं। लिखित सम्झौता गरेर संसदमा विधेयक पेश गर्न माग गरेका छौं।’
उनले थपे, ‘माग पुरा नभएसम्म आन्दोलन जारी रहन्छ।’
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९, १५:३६:२७