नेपाल प्रहरीले कोशी प्रदेशमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोला र सुदूरपश्चिम प्रदेशमा एसएसपी भरत बोहराको सरूवा गरेको छ।
सोमबार दुई जनालाई निमित्त प्रमुखको रूपमा काज खटाइएको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोषराज पोखरेलले जानकारी दिए।
बास्तोला त्यही प्रदेशको तालिम केन्द्रमा कार्यरत थिए। यस्तै बोहरा भने प्रधान कार्यालय महानिरीक्षकको कार्यालयमा कार्यरत थिए।
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९, १९:२७:००