इंग्लिस प्रिमियर लिगको साविक विजेता लिभरपुलले लगातार चार हारपछि जित हात पारेको छ।
लिभरपुलले आइतबार राति भएको खेलमा सेफिल्ड युनाइटेडलाई २-० गोलले पराजित गर्यो।
लिभरपुलको जितमा जोन्सले ४८ मिनेटमा पहिलो गोल गरेका थिए।
६४ मिनेटमा सेफिल्डका ब्रायनले आत्मघाती गोल गरेपछि लिभरपुलको अग्रता दोब्बर भएको थियो।
यता अंक तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड र पाँचौ स्थानको चेल्सीले गोलरहित बराबरी खेलेका छन्।
त्यसअघि टोटेनहमले वर्नलीलाई ४-० ले हराउँदा आर्सनलले लेस्टरमाथि ३-१ को जित हात पार्यो।
अंक तालिकामा सिटी २६ खेलबाट ६२ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको युनाइटेडको ५० अंक छ भने लेस्टर ४९ अंकसहित तेस्रो स्थानमा छ।
चौथो स्थानको वेस्ट ह्यामको ४५ अंक, पाँचौ स्थानको चेल्सीको ४४ अंक र छैटौं स्थानको लिभरपुलको ४३ अंक छ।
प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७, २१:३८:००