इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा ब्रेन्टफोर्डलाई हराउँदै लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ।
घरेलु मैदानमा भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डमाथि ३–० को सहज जित निकालेको हो।
लिभरपुलको जितमा फाबिन्हो, ओक्सलेड चेम्बरलेन र मिनामिनोले गोल गरे।
खेलको ४४ औं मिनेटमा फाबिन्होलेगोल गर्दै लिभरपुललाई पहिलो हाफमा १-० को अग्रता दिलाए।
दोस्रो हाफमा लिभरपुलले थप २ गोल थप्यो। उसका लागि खेलको ६९ औं मिनेटमा ओक्सलेड चेम्बरलेनले गोल गर्दै अग्रता दोब्बर पारे।
खेलको ७७ औं मिनेटमा मिनामिनोले गोल गर्दै लिभरपुलको जित सुनिश्चित गरे।
जितपछि दोस्रो स्थानमा उक्लिएको लिभरपुलको २१ खेलबाट ४५ अंक भएको छ। २३ अंकसहित ब्रेन्टफोर्ड १४ औं स्थानमा छ। ४३ अंक जोडेको चेल्सी तेस्रो स्थानमा झरेको छ। ५६ अंक जोडेको म्यान्चेष्टर सिटी शीर्ष स्थानमा कायमै छ।
प्रकाशित मिति: आइतबार, माघ २, २०७८, १९:११:००