चेल्सीलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ।
आइतबार साँझ भएको खेलमा चेल्सीमाथि १–० ले कठिन जित निकाल्दै आर्सनल लिगको शीर्ष स्थानमा फर्किएको हो।
चेल्सीको गृहमैदान स्टामफोर्ड ब्रिजमा आर्सनललाई जिताउन गाब्रियल मागल्हेसले निर्णायक गोल गरे। पहिलो हाफसम्म गोलरहित बराबरी भएको खेलको ६३ औं मिनेटमा उनले गोल गरेका थिए।
यो जितसँगै आर्सनलले १३ खेलमा ३४ अंक जोडेको छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा आर्सनल २ अंकले अघि रहेको छ।
चेल्सी भने २१ अंक जोडेर तालिकाको ७ औं स्थानमा कायमै छ।
प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९, १९:५६:००